Left Logo

सामाजिक विकास मन्त्रालय

बागमती प्रदेश, हेटौडा

Left Logo

गुनासो व्यवस्थापन प्रणाली

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, हेटौडाको गुनासो व्यवस्थापन प्रणालीमा तपाईलाई स्वागत छ ।

प्रदेश तहमा शिक्षा, विज्ञान प्रविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अल्पसंख्यकहरूको क्षेत्रमा कार्य गर्ने जिम्मेवारी रहेको यस सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौँडाले आफ्ना कार्यक्रम तथा सेवाहरूलाई प्रभावकारी बनाउने तथा सुशासन प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।

गुनासो सुनुवाई सुशासनको एक महत्वपूर्ण पक्ष हो। मन्त्रालयले विभिन्न माध्यमबाट गुनासो सुनुवाई गर्दै आइरहेकोमा आधुनिक सूचना प्रविधिको उपयोग मार्फत अझ सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले यस प्रणालीको स्थापना गरिएको छ। यसको अधिकतम उपयोग गर्नुहुन सबैमा अनुरोध छ।

गुनासो पठाउँदा ध्यान दिनु पर्ने कुराहरू :
  • १. गुनासो पठाउँने व्यक्तिले * अंकित भएको विवरण अनिवार्य भर्नु पर्नेछ।
  • २. गुनासो प्राप्त भएपछि तपाईले गर्नु भएको गुनासोमा भएको प्रगति इमेल मार्फत प्राप्त गर्नु हुनेछ।
  • ३. मन्त्रालयमा गुनासो गर्न सकिने क्षेत्रहरू निम्न बमोजिम रहेका छन्।
    • शिक्षा (विद्यालय शिक्षा, उच्च शिक्षा, विश्वविद्यालयसँग सम्बन्धित)
    • विज्ञान प्रविधि तथा नवप्रवर्तन (विज्ञान, प्रविधि नवप्रवर्तन तथा विकास कोषसँग सम्बन्धित)
    • सामाजिक क्षेत्र (महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अल्पसंख्यक समुदाय)
    • शैक्षिक परामर्श सेवा
    • सीपमूलक तालीम (प्राविधिक तथा व्यावसायिक सीपमूलक तालीम, औद्योगिक प्रशिक्षार्थी तालीम लगायत)
    • शिक्षक तालीम तथा वृत्ति निर्देशन सेवा
  • ४. गुनासो पठाउँदा फाइल अपलोड गर्नु परेमा फाइलको फर्म्याट jpg, png वा pdf मा हुनु पर्नेछ र फाइलको साईज 512KB भन्दा सानो हुनु पर्नेछ
  • ५. अन्य जानकारीको लागि सामाजिक विकास मन्त्रालय , बागमती प्रदेश, हेटौडा मा सम्पर्क गर्नुहोला।

अनलाइन गुनासो फारम

गुनासोकर्ताको विवरण [Complainer Details]
गुनासोको विवरण [Complaint Details]
Google Recpatcha